ललितपुरको लाकुरी भञ्ज्याङमा दोस्रो लाकुरी गोल्डकप फुटबल प्रतियोगिता: चैत १५ देखि सुरु हुँदै

ललितपुर — कागेश्वरी युवा क्लबको आयोजनामा दोस्रो लाकुरी गोल्डकप फुटबल प्रतियोगिता हुने तयारी पूरा भएको छ।महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङ स्थित कोटडाँडा फुटबल मैदानमा सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिता २०८२ साल चैत १५ गतेबाट सुरु हुनेछ। आकर्षक पुरस्कार राशिका कारण यस प्रतियोगितामा विभिन्न प्रतिस्पर्धी टिमहरूको उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ। विजेता टोलीले नगद रु. २,००,००० प्राप्त गर्नेछ भने उपविजेताले रु. १,००,००० हात पार्नेछ। उत्कृष्ट खेलाडीलेरु. १,००,००० हात पार्नेछ , उत्कृष्ट गोलकिपर तथा उच्च गोलकर्ता (हाई स्कोरर) लाई जनही रु. १०,००० पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल चैत १२ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क रु. १२,५०० तोकिएको छ। आयोजकले समयमै दर्ता गराई प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण टिमहरूलाई आह्वान गरेको छ।

क्लबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवाहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्नु, प्रतिभाशाली खेलाडीहरूलाई अवसर प्रदान गर्नु तथा समुदायमा खेलकुद संस्कृतिको विकास गर्नु हो।

यस प्रतियोगिताले लाकुरी भञ्ज्याङ क्षेत्रलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।

थप जानकारीका लागि:

  • कृष्ण तामाङ: ९८६७३३५४४२४
  • नेत्र बहादुर तामाङ: ९८५१३३३८५६
  • राजु तामाङ: ९८५१३३३८५६
  • दिल बहादुर तामाङ: ९८२३४४५०६४

प्रतियोगिताले खेलप्रेमीहरूलाई एकै ठाउँमा जोड्दै उत्साह र प्रतिस्पर्धाको नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया