महोत्तरी–४ को मतपरिणाम सार्वजनिक, रास्वपाकी गौरी कुमारी निर्वाचित

महोत्तरी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै जीत हासिल गरेकी हुन्।

निर्वाचन अधिकृतका अनुसार गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका यादवले ८ हजार ७४२ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय ६ हजार ९४४ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेकपा (एमाले)की निलम अधिकारीले ६ हजार १९२ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भरतप्रसाद साहले ५ हजार ३३६ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया