ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको अग्रता

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भइरहेको मतगणनामा ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले अग्रता कायम राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार हालसम्मको गणनामा खरेलले ३१९८ मत प्राप्त गरेका छन्।

उनीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ४१३ मत पाएका छन्। हालसम्मको परिणामअनुसार खरेलले महर्जनभन्दा दुई हजारभन्दा बढी मतले अग्रता लिएका छन्।

यस क्षेत्रको मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया