मेयर बालेन शाहको राजीनामा पश्चात डंगोलले कार्यवाहक जिम्मेवारी ग्रहण

काठमाडौं ।काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन् मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएकोसँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपमेयरले स्वत: कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था अनुसार डंगोलले पद सम्हालेकी हुन्।

मेयर शाह राजीनामा दिएपछि बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका छन्। कार्यालय पुगेको उनले वरिष्ठ नेताको पदभार ग्रहण गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया