आज राजीनामा नदिने बालेनको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज राजीनामा नदिने निर्णय गरेका छन्। यसअघि आज (माघ ४) नै राजीनामा दिने तयारीमा रहेको बताइए पनि पछिल्लो राजनीतिक अवस्था र समग्र परिस्थितिको मूल्यांकनपछि उनले निर्णय परिवर्तन गरेका हुन्।

मेयर शाहको सचिवालयका अनुसार राजीनामाको विषयमा छलफल भए पनि आजकै दिन उक्त कदम नचाल्ने निष्कर्षमा पुगिएको छ। सचिवालय स्रोतले बताएअनुसार राजीनामा दिन अझै समय रहेको भन्दै हतार नगर्ने सोच बनाइएको हो।

सचिवालयका एक सदस्यले जानकारी दिँदै भनेका छन् कि मेयर शाह केहीबेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ र राजीनामाको विषयमा एक–दुई दिनपछि निर्णय हुन सक्ने सम्भावना छ।

हाललाई मेयर शाहले परिस्थितिको थप मूल्यांकनपछि मात्र औपचारिक निर्णय लिने बताइएको छ।

तपाईको प्रतिक्रिया