सानेपामा देउवा समूहको प्रतिक्रिया: नयाँ प्रस्तावमाथि छलफल जारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनको माग गर्ने पक्षबाट नयाँ प्रस्ताव प्राप्त भएको जनाएको छ। सो प्रस्तावमाथि आन्तरिक रूपमा छलफल भइरहेको देउवा समूहले जनाएको हो।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार विशेष महाधिवेशन पक्षधरबाट आएको प्रस्तावमा केही महत्त्वपूर्ण राजनीतिक विषय समेटिएकाले त्यसबारे गम्भीर छलफल भइरहेको छ। उनले सभापति देउवाले पार्टीका तर्फबाट टिकटमा हस्ताक्षर नगर्ने र गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विषय प्रस्तावमा उल्लेख रहेको बताए।

खतिवडाले विशेष महाधिवेशन पक्षधरबाटै आएको प्रस्ताव भएकाले त्यसलाई बेवास्ता नगरी छलफलको माध्यमबाट निष्कर्षमा पुग्ने प्रयास भइरहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया