शिवलाल थापामगर नेतृत्वको टोली नेकपामा समाहित हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको टोली नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा सहभागी हुने भएको छ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार थापामगरसहित जसपा नेपालका केही केन्द्रीय सदस्यहरू आज आयोजना हुने एक कार्यक्रममा नेकपामा समाहित हुने तयारीमा छन्।

यसअघि पनि जनता समाजवादी पार्टीका नेता अशोक राई नेतृत्वको समूह नेकपामा प्रवेश गरिसकेको छ।

हाल नेकपा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको एकताबाट गठन भएको पार्टी हो। सो पार्टीमा यसअघि पुस १४ गते नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि समाहित भएकी थिइन्।

तपाईको प्रतिक्रिया