विश्वप्रकाश शर्माको प्रस्ताव: प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्द सत्रमा उनले कुनै पनि दलबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

उनले आगामी निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका छन्। साथै, राजनीतिक नियुक्तिहरूमा इमानदारी र योग्यता प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनको प्रतिवेदनमा पार्टीको प्राथमिकता सद्भाव, सुशासन र समुन्नति स्थापना गर्ने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया