ट्रम्पको सामाजिक सञ्जाल पोस्टमा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एउटा पोस्ट सार्वजनिक गर्दै यस्तो उल्लेख गरेका हुन्।

ट्रम्पले सेयर गरेको पोस्टमा एउटा तस्बिर पनि समावेश गरिएको छ, जसमा उनलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरिएको देखिन्छ। उक्त पोस्टपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।

हालसम्म यस विषयमा भेनेजुएलाको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। ट्रम्पको उक्त पोस्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा समेत चासो व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया