हामी निर्वाचन विरोधी होइनौं, प्रतिगमनको विरोध मात्र गरेका हौं :ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचन विरोधी नभएको स्पष्ट पार्नुभएको छ। एमाले राष्ट्रिय महाधिवेशनमा सहभागी स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीले प्रतिगमनको विरोध गरेको भए पनि निर्वाचनको विरोध नगरेको जानकारी दिनुभयो।

ओलीले भने, “राष्ट्रपतिले चुनाव जाऔं भन्नुभयो। प्रधानमन्त्री पनि उपस्थित हुनु भयो। हामी निर्वाचन विरोधी होइनौं, प्रतिगमनको विरोध मात्र गरेका हौं। अदालतले जे फैसला गर्छ, हामी त्यसको पालना गर्नेछौं।”

उहाँले हालको निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको कारणले चुनाव हुने सम्भावना कम रहेको पनि बताउनुभयो। साथै, महाधिवेशनमा सहभागी स्वयंसेवकहरूले उच्च आदर्श र कर्तव्यपालनका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभयो।

तपाईको प्रतिक्रिया