सुनचाँदीको मूल्यमा वृद्धि जारी, सुन र चाँदी दुवै महँगिए

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रम रोकिएको छैन। बुधबार पनि सुनको मूल्यमा वृद्धि भएसँगै नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्दै दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि मंगलबार सुनको मूल्य एकै दिन ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागको चापका कारण सुनको मूल्य लगातार उकालो लागेको व्यवसायीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर चार हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ रहेको थियो।

सुन र चाँदी दुवैको मूल्य बढ्दै जाँदा गहना व्यवसाय र उपभोक्तामाथि यसको असर पर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया