एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं — नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा ह्याट्रिक गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले ५६४ मत मात्र पाएका छन्। ओलीले दुई तिहाई मत हासिल गर्दै स्पष्ट विजय प्राप्त गरेका हुन्।

महाधिवेशनमा बुधबार बिहानदेखि मतदान सञ्चालन भएको थियो। २२६३ प्रतिनिधिमा २२२७ जनाले मतदान गरेका थिए भने ३६ प्रतिनिधि अनुपस्थित रहेका थिए।

ओली यसअघि नवौं र दशौं महाधिवेशनमा पनि अध्यक्ष निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया