सिड्नी बोन्डी बिच गोलीकाण्ड: १२ मृत, २९ भन्दा बढी घाइते, सुरक्षा अलर्ट जारी

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार साँझ गोलीकाण्ड हुँदा १२ जनाको मृत्यु भएको छ भने २९ भन्दा बढी घाइते भएका छन्।

घटनाको समय हनुक्का पर्वको अवसरमा ठूलो संख्यामा मानिसहरू जम्मा भइरहेका बेला स्थानीय समय अनुसार साँझ ६:४७ बजे बोन्डी पार्क प्लेग्राउन्ड नजिकै भएको बताइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ भने आक्रमणकारी भएको आशंका गरिएका अर्का एक जनाको मृत्यु भएको जानकारी दिएको छ। घाइतेमध्ये दुई प्रहरी अधिकृतहरू पनि रहेका छन्।

घटनापछि प्रहरीले नागरिकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन र सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्राथमिकता घाइतेहरूको उपचार र क्षेत्रको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया