नागरिक उन्मुक्ति पार्टीले सुरु गर्यो प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित कार्यक्रम तीव्र बनाएको छ। पार्टीका नेता–कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क गर्न थालेका छन्।

पार्टीका संरक्षक रेशमलाल चौधरी विभिन्न जिल्लामा चुनावी कार्यक्रममा व्यस्त छन् भने वरिष्ठ उपाध्यक्ष अब्दुल खानले पनि आफ्नो क्षेत्रको उम्मेदवार भएकाले गाउँ–गाउँमा जनताको भावना बुझ्न साक्षात्कार अभियान सुरु गरेको बताए।

चकिया (जाँतो) चुनाव चिह्नबाट लड्ने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग पूर्व सहमति भइसकेको छ। यसअनुसार तीनै दलका नेता–कार्यकर्ता चुनावी कार्यक्रममा सक्रिय छन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय गरिएको छ।

तपाईको प्रतिक्रिया