४.४ रेक्टरस्केलको भूकम्प बझङमा

बाजुरा । आज दिउँसो १२ बजेर ९ मिनेटको समयमा बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।

सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको कम्पन बाजुरासहित आसपासका पश्चिमी क्षेत्रमा पनि महसुस भएको थियो। पछिल्ला दिनहरूमा निरन्तर भूकम्पीय गतिविधि बढिरहेको देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। सुदूरपश्चिम प्रदेश भूकम्प जोखिममा रहेको मानिँदै आएकोले बाजुरा, बझाङ र नजिकका क्षेत्रका बासिन्दामा चिन्ता थपिएको छ।

भूकम्पको धक्का महसुस भएपछि सम्भावित जोखिम न्यूनिकरणका लागि सतर्क रहन जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वसाधारणलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया