सुकुम्बासीलाई दु:ख दिने होइन, स्थायी बसोबासको व्यवस्था गर्नुहोस् बालेन जी :दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन्।

आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईँले सुकुम्बासीहरूलाई पटक–पटक उठाउने नाममा दुःख दिनुभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन्।

उनले सुकुम्बासी बस्ती खाली गराउन महानगरले बल प्रयोग गर्न आए प्रतिकार गर्न सुझाव दिएका छन्। “सुकुम्बासीहरू एकजुट भए कसैले पनि हटाउन सक्दैन,” प्रसाईँले भने, “हामी तपाईंहरूको साथमा छौँ।”

प्रसाईँले सुकुम्बासी बस्ती हटाउनुभन्दा पहिले बालमन्दिर र पशुपतिमा रहेका अनधिकृत संरचना हटाउनुपर्ने सुझाव पनि दिएका छन्। राज्यले आफूविरुद्ध अभियान चलाएको आरोप लगाउँदै उनले सुकुम्बासीहरूलाई राजनीतिक दलहरूले केवल भोटका लागि प्रयोग गरेको भन्दै सचेत रहन आग्रह गरे।

तपाईको प्रतिक्रिया