प्रचण्ड र खनालबीच भेटवार्ता, राजनीतिक समन्वयबारे छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।

हात्तीवनस्थित प्रचण्डको निवासमा शुक्रबार भएको भेटमा दुबै नेताबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य तथा वामपन्थी एकताका सम्भावनाबारे छलफल भएको बताइएको छ।

दलभित्रको राजनीतिक समन्वय र आगामी रणनीतिलगायत विषयमा पनि कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया