नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, माधव नेपाल सह–संयोजक चयन

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० घटकको एकताबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।

भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) सम्पन्न एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकको रूपमा चयन गरेको हो। त्यस्तै, माधवकुमार नेपाललाई सह–संयोजकमा चयन गरिएको छ। संयोजक र सह–संयोजकको प्रस्ताव अनुमोदनका लागि महिन्द्रराय यादवले प्रस्ताव पेस गरेका थिए।

तपाईको प्रतिक्रिया