संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ : विष्णु पौडेल

रुपन्देही — नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेश लिनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा र मुलुकको स्थायित्वका लागि संसद पुन:स्थापना आवश्यक रहेको तर्क प्रस्तुत गरे।

पौडेलले भने, “जेन-जी युवा पुस्ताको माग सम्बोधन गर्न र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुन:स्थापना हुनुपर्छ।”

उनले भाद्र २३ गते जेन-जी युवा पुस्ताको हत्या घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी तथा विध्वंसको घटनाको पनि छानबिन गरी कारबाही आवश्यक रहेको बताए।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया