नेपालमा सामाजिक सञ्जाल बन्द नहुने: सञ्चार मन्त्री जगदिश खरेल

काठमाडौं। माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री जगदिश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने विषयमा सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यमसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसँग भएको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको युगको नयाँ मुख्य धाराको सञ्चार माध्यम भएको बताउँदै त्यसलाई बन्द गर्ने कुनै नीति सरकारको नरहेको स्पष्ट पार्नुभयो।

माननीय सञ्चार मन्त्रीले सामाजिक सञ्जाललाई व्यवस्थित, जिम्मेवार र सकारात्मक दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले यस प्रयोजनका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो।

मन्त्री खरेलका अनुसार सरकारले नयाँ प्रविधि र डिजिटल सञ्चार माध्यमलाई सञ्चारको प्रमुख माध्यमका रूपमा पहिचान गरिसकेको छ र यस क्षेत्रलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिनेछ।

तपाईको प्रतिक्रिया