मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान, असोज २९ भित्र दाबी पेश गर्न समय

जनकपुरधाम, — मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका निवर्तमान सचिव शत्रुघन यादवका अनुसार, प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत हासिल गर्न सक्ने प्रदेशसभा सदस्यले असोज २९ गते साँझ ४ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न सक्ने छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार, कुनै एक दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिने व्यवस्था छ।

मुख्यमन्त्री सिंहले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सत्ता गठबन्धनको प्रयास तीव्र भएको छ। अबका केही दिनमा दलहरूबीच नयाँ सरकार निर्माणका लागि आवश्यक सहमति र समिकरण खोज्ने प्रक्रिया अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया