जेनजीको जायज माग सम्बोधन हुनुपर्छ : सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारमुक्त शासन प्रणालीका जायज मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले देशप्रति युवाहरूको चासो सकारात्मक रहेको उल्लेख गर्दै तिनको भावना प्रति संवेदनशील बन्नु सबैको दायित्व रहेको बताए।

“उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ,” देउवाले भने, “यस विषयमा पार्टीभित्र पनि छलफल हुनेछ।”

सभापति देउवाले नेपाली कांग्रेस जनताको आस्थाको केन्द्र रहेको र मुलुकमा लोकतन्त्र स्थापनादेखि विकासको अभियानसम्म पार्टीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।

“नेपाली कांग्रेस कहिल्यै राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यतासँग सम्झौता गर्दैन,” उनले भने, “जुनसुकै कठिन परिस्थिति आए पनि कांग्रेसले सही पहिचान गरी मुलुकलाई समाधानको बाटोतर्फ डोर्याउने विशेषता देखाउँदै आएको छ।”

तपाईको प्रतिक्रिया