एमालेको केन्द्रीय कमिटी बैठक दुई दिनपछि हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि सारिएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकको तयारी नपुगेकाले असोज २७ गतेबाट तय भएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्नेछ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको घटनाले पनि बैठक स्थगित गर्न बाध्य बनाएको बुझिएको छ।

आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया