ओलीलाई महेश बस्नेतको पहलमा गुण्डु सारियो, सार्वजनिक कार्यक्रमको तयारी

काठमाडौं, ।नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारणले उनलाई अस्थायी रूपमा सैनिक नियन्त्रणमा राखेको थियो।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि सैनिक ब्यारेकमै बसेका थिए। अहिले उनी भक्तपुरको गुण्डु सरेका छन्, भाडामा लिइएको घरमा उनी बसोबास गर्दैछन्।

स्रोतका अनुसार, बालकोटस्थित ओलीको निजी निवास प्रदर्शनकारीद्वारा जलाइएको कारण उनले नयाँ ठेगाना परिवर्तन गरेका हुन्। उनलाई गुण्डु सार्ने समन्वय एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्।

बस्नेतले ओलीलाई सार्वजनिक रूपमा पुनः प्रस्तुत गर्न विशेष कार्यक्रमको तयारी भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया