सरकारले निर्धारित समयमै चुनाव सम्पन्न गराउनुपर्छ: शंकर पोखरेल

काठमाडौं, – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारलाई समयमै चुनाव सम्पन्न गराउनुपर्ने बताएका छन्। उनले भने, “यो सरकार अन्तरिम भएकाले यसको मुख्य कर्तव्य चुनाव सम्पन्न गराउनु हो। शान्ति र सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान दिनुपर्छ।

पोखरेलले सडक प्रदर्शनलाई जनमत प्राप्त गर्ने स्थायी माध्यम मान्न नसकिने बताउँदै भने, “सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन। संविधानमा संशोधन गरेर परिवर्तनको आधार संविधानलाई बनाउनु पर्छ।”

यसैबीच, उनले भदौ २४ गतेको प्रदर्शनमा एमालेको पार्टी कार्यालय र नेता–कार्यकर्ताहरूको सम्पत्तिमा भएको क्षतिको अवलोकन गरेका थिए। पोखरेलले भने, “यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमाथि उभिएर संविधान सभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं।”

असोज ३ गते संविधान दिवस मनाउने तयारी गरिएको छ। पोखरेलले ७७ जिल्लाका पार्टी नेता र कार्यकर्तालाई निर्देशन जारी गरेका छन्। काठमाडौं उपत्यकामा संविधान दिवसको कार्यक्रम पार्टी कार्यालयमा आयोजना गरिने छ।

तपाईको प्रतिक्रिया