प्रधानमन्त्रीले लिपुलेकबारे चीन र भारतसँग स्पष्ट स्ट्यान्ड लिनुपर्छ : सांसद खतिवडा

काठमाडौं — नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापारिक सहमति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका क्रममा यो विषय उच्च कूटनीतिक तहमा स्पष्ट रूपमा उठाउनु पर्नेमा जोड दिए।

“सीमा जस्तो संवेदनशील विषयमा दलगत वा जातिगत हिसाबभन्दा माथि उठेर सम्पूर्ण नेपाली राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा उभिनुपर्छ,” उनले भने।

खतिवडाले प्रधानमन्त्रीले भ्रमणका अवसरमा दुबै छिमेकीसँग नेपालको स्पष्ट धारणा राख्न आग्रह गर्दै सीमा मुद्दामा निष्क्रियता देखाउन नहुने चेतावनीसमेत दिए।

त्यस्तै, उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै, त्यसबारे दुवै देशबीच समन्वय र सहकार्य जरुरी भएको बताएका छन्।

तपाईको प्रतिक्रिया