अहिलेको परिवर्तनमा स्व. बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

फाइल तस्बिर

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालैको परिवर्तन प्राप्तिमा स्वर्गीय चन्द्रकान्त बगालेको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। आज भरतपुर महानगरपालिका(४) त्रिचोकमा रहेको बगालेको निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले हरेक आन्दोलनमा बगालेले निर्वाह गरेको योगदान उच्च मूल्यांकन गर्नुभयो।

सभापति देउवाले कांग्रेस पार्टीमा योगदान दिने र त्याग गर्ने अग्रजहरूलाई सदैव सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीको नेतृत्वले ती अग्रजहरूको सपनालाई पूरा गर्न सदैव तत्पर रहेको उहाँले जोड दिनुभयो।

बगाले विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं. ८ मा जन्मनुभएको थियो। उहाँको निधन विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा भएको थियो।

तपाईको प्रतिक्रिया