मन्त्रीपरिषद् पुनर्गठन हुनसक्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बताएका छन्। उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको हुँदा अहिले सहमति जुटे पुनर्गठन गर्न सकिने बताएका हुन्।

बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको क्रममा मन्त्री गुरुङले भने, “सामान्यतया देशमा २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तर हाम्रो देशमा १३ महिनादेखि पुनर्गठन भएको छैन। यसले सबैको ध्यान तान्नु स्वाभाविक हो।”

उनले भने, “सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने छ। मन्त्रीहरूको कार्यसम्पादनमा समस्या आएमा पार्टी भित्र छलफल गरेर हेरफेर गरिनेछ।”

यद्यपि, उनले अहिले एमाले र कांग्रेसबीच अविश्वासको अवस्था भने नभएको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया