गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने सरकारको सोच छैन :मन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गलत कार्य गर्नेहरूलाई नजरअन्दाज गर्नु हुँदैन भनेका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

मन्त्री गुरुङले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रतिक्रिया दिँदै भने,
“प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ। दोषी देखिए कारबाही हुने निश्चित छ।”

उनले थपे,“हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ। मन्त्री वा कुनै पनि पदाधिकारीमा दोष देखिए कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो। सरकारले तथ्य र सत्यमा आधारित भएर अघि बढ्नेछ। त्यसैले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने सोच हाम्रो सरकारको छैन।”

मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कडा कारबाही गरिने कुरामा स्पष्टता दिएका छन्।

तपाईको प्रतिक्रिया