सरकार किन चुप? — सांसद साहको प्रश्न, मन्त्री गुप्ताको बर्खास्तीको माग

फाइल तस्वीर

काठमाडौं — नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्ती माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घुस डिलसम्बन्धी अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार मौन बस्नु लोकतन्त्रप्रति अपमानजनक व्यवहार भएको आरोप लगाए।

सांसद साहले भने, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ व्यवहार गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत गुप्ताज्यूलाई बर्खास्त गरी निष्पक्ष छानबिनको माग गर्दछु।”

उनको मागसँगै मन्त्री गुप्ता विवादमा तानिँदै गएको छ भने सरकारको मौनताप्रति प्रतिपक्ष मात्र होइन, सत्तारूढ दलभित्रकै असन्तुष्टि देखिन थालेको संकेत मिलेको छ।

तपाईको प्रतिक्रिया