अप्राकृतिक गठबन्धनको चरित्र लोकले लाज मान्ने गरी खुलेको छ : प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको इशारामा चलेको गम्भीर आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै उनले सरकार सुशासनको पतनतर्फ उन्मुख भएको र लोकतन्त्रका लागि खतरनाक संकेत देखिएको बताए।

प्रचण्डले धितोपत्र बोर्ड, भुटानी शरणार्थी प्रकरण, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफियाको संरक्षण र सरुवा–नियुक्तिमा हुने लाखौंको डिल जस्ता घटनाहरूमा सरकार नियामक संस्थामाथि समेत बिचौलियाको प्रभावमा चलेको दाबी गरे।

स्टक एक्सचेन्जको लाइसेन्स वितरण र हतियार खरिद प्रक्रियामा देखिएको चलखेलप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे।

उनले सरकार बनाउने क्रममा देखाइएको तर्कको पछाडि रहेको स्वार्थ अब जनतामाझ लाज लाग्दो रूपमा प्रकट भएको भन्दै गठबन्धनलाई ‘अप्राकृतिक’ करार दिए।

प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा सञ्चालन हुन थालेको छ, जुन लोकतन्त्रका लागि चिन्ताजनक छ।”

तपाईको प्रतिक्रिया