सर्वसाधारणको न्यायमा पहुँच घट्दै गएको छ : सांसद ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सर्वसाधारणको न्याय प्राप्तिमा पहुँच कमजोर बन्दै गएको बताएका छन्।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले न्यायालयमा विचाराधीन मुद्दाहरूको चाप बढ्दै गएको उल्लेख गर्दै, त्यसको समाधानका उपायबारे प्रस्तावित न्यायाधीश शान्ति थापासँग प्रश्न गरेका थिए।

“अहिले सर्वोच्च अदालतमा धेरै मुद्दा पेण्डिङ छन्। ती मुद्दाहरूलाई छिटो निष्कर्षमा लैजान के गर्नुपर्छ भन्ने तपाईंको सोच के हो?” कार्कीले प्रश्न गर्दै थपे, “सर्वसाधारणको न्यायमा पहुँच घट्दै गएको भन्ने टिप्पणीहरू छन्। न्यायालयप्रति जनताको विश्वास, आस्था र भरोसामा ह्रास आएको हो कि भन्ने आशंका समेत देखिएको छ। यस्तो स्थितिमा तपाईंको भूमिका के रहनेछ?”

सांसद कार्कीले न्याय प्रणालीप्रति जनविश्वास घट्दै गएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै न्यायाधीशबाट यसप्रकारका समस्याहरू समाधान गर्ने दायित्वबोध हुनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया