संसद् गतिरोध तोड्न ओली, देउवा र प्रचण्ड छलफलमा जुट्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा निजामती सेवा विधेयकलगायत संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकहरूबारे छलफल हुनेछ। हाल संसद् बारम्बार अवरुद्ध भइरहेका कारण बैठकको समय फेरिन सक्ने सम्भावना पनि सचिवालयले जनाएको छ।

विधेयक पारितमा भइरहेको ढिलाइ, प्रमुख दलहरूबीचको नीति तथा राजनीतिक असहमति, र संसद्मा जारी अवरोधको समाधानका लागि यो बैठक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया