प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा पक्षका नेताहरूको भेटवार्ता

फाइल तस्बिर ।


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना निकट नेताहरूको टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले बालुवाटारमा देउवा पक्षका नेताहरूको छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

कांग्रेसको तर्फबाट छलफलमा सहभागी नेताहरूमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित भएर छलफल भइरहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया