युवालाई स्वदेशमै रोजगारीका अवसर दिइनुपर्ने सांसद खतिवडाको माग

काठमाडौं — सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद भीम खतिवडाले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरिनुपर्ने बताएका छन्।

उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने समेत जोड दिएका छन्।

विदेशी मुद्राको सटही कारोबार ५ हजार रुपैयाँसम्म गर्न सकिने व्यवस्था राम्रो भएको बताए भने भारतीय नागरिकलाई पनि ५ हजार भारतीय रुपैयाँ बोकेर नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गरिनुपर्ने सुझाव दिए।

साथै, ७५३ स्थानीय तहमा कालोपत्रे सडक निर्माण कार्यमा केहि अपुग देखिएको उल्लेख गर्दै त्यसबारे अर्थमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए।

विकास निर्माण आयोजना हेर्दा पहुँच र पदको आधारमा व्यवस्थापन गरिएको जस्तो देखिएको प्रति चिन्ता व्यक्त गर्दै सांसद खतिवडाले पारदर्शिता र समुचित व्यवस्थापन आवश्यक रहेको बताए।

यसले देशभित्र रोजगार सृजना र विकास कार्यमा प्रभावकारीता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया