विद्यार्थीले आफ्नो रुचीअनुसार विषय रोज्न पाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले आफ्नो रुची र प्रतिभा अनुसार विषय छनौट गर्न पाउनुपर्ने आवश्यकता रेखाङ्कित गरेका छन्। मंगलबार राजर्षी जनक विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले भने, “विद्यार्थीले चाहेको विषय पढ्न पाउँदा मात्र उनीहरू आफ्नो क्षमता पूर्णरूपमा विकास गर्न सक्छन्। अन्यथा ज्ञान अर्जनमा अवरोध आउन सक्छ।”

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा अनुरूप विषय अध्ययन गरी उत्कृष्टता हासिल गर्न प्रोत्साहन दिए। उनले विश्वविद्यालयका स्नातकहरूले देशभर विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउन सक्ने विश्वास पनि व्यक्त गरे।

जनकपुरलाई ऐतिहासिक ज्ञानको केन्द्रका रूपमा उल्लेख गर्दै उनले राजर्षी जनक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता कायम राखेको बताए। साथै, सरकारले विश्वविद्यालयको विकासका लागि आवश्यक पहल गरिरहेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया