प्रचण्डले माधव नेपाल र विप्लवसँग पार्टी एकताको छलफल भइरहेको :अध्यक्ष दाहाल

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि माधव कुमार नेपाल र विप्लव नेतृत्वको गुटसँग छलफल चलिरहेको बताएका छन्। मंगलबार काठमाडौंको खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा उनले यो जानकारी सार्वजनिक गरे।

प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र नेकपा (विप्लवी) सँग एकताको प्रक्रिया अगाडि बढिरहेको बताउँदै आगामी निर्वाचनमा माओवादीलाई सबैभन्दा बलियो राजनीतिक शक्ति बनाउने लक्ष्य राखिएको पनि उल्लेख गरे। उनले पार्टीले पहिला गरेका गल्तीहरू सच्याउने र जनतासँग नजिक हुने प्रयास गरिरहेको बताए।

यसै कार्यक्रममा, जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश अध्यक्ष देवीकृष्ण न्यौपाने र अन्य नेताकार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा सामेल भएका थिए। प्रचण्डले उनीहरूलाई पार्टीभित्र उचित भूमिका दिने बताएका छन्।

तपाईको प्रतिक्रिया