रास्वपासँग सहमति हुन सकेन, माओवादी भने सकारात्मक

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्नुपर्ने आफ्नो अडान अडिग राखेको छ। नेपाली कांग्रेससँगको छलफलमा पनि रास्वपाले छानबिन समितिको माग यथावत राखेको छ भने, एक कांग्रेस नेताले जानकारी दिएका छन्।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) भने यस विषयमा सकारात्मक देखिएको छ। स्रोतका अनुसार, “रास्वपासँग भने सहमति हुन सकेको छैन, तर माओवादीले सकारात्मक प्रतिक्रिया दिएको छ।”

अब कांग्रेसले माओवादीसँग थप छलफल गर्ने तयारी गरेको छ।

आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। विपक्षी दलको अवरोधका कारण जेठ १५ गतेयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन।

तपाईको प्रतिक्रिया