निर्वाचन आयोगले २२ करोड रुपैयाँमा खरिद गरिएका प्रिन्टर साढे सात वर्षदेखि प्रयोगविहीन

काठमाडौं । निर्वाचन आयोगले झण्डै २२ करोड रुपैयाँ खर्चेर ल्याएका तीनवटा प्रिन्टर सात वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा नआएको पाइएको छ।

आयोगले २०७४ सालमा सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री छपाइका प्रयोजनमा तीन थान प्रिन्टर खरिद गरेको थियो। यसका लागि करिब २१ करोड ८३ लाख ४० हजार रुपैयाँ खर्च गरिएको थियो।

२०७४ मंसिर २२ गते आयोगले एक थान हाई स्पिड कलर प्रिन्टर १० करोड ५५ लाख ४० हजार रुपैयाँमा र दुई थान छाङ स्प्रिङ डिजिटल मोनोक्रम प्रिन्टर ११ करोड २८ लाख रुपैयाँमा खरिद गरेको थियो।

तर ती मेसिनहरू अहिलेसम्म प्रयोगमा ल्याउन नसकिएको महालेखापरीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रिन्टर खरिदको निर्णय र प्रयोग नगरेको विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत उठेको थियो। समितिले समयसमयमा ती मेसिन प्रयोगमा ल्याउन निर्देशन दिए पनि आयोगले हालसम्म सो निर्देशन कार्यान्वयन नगरेको देखिएको छ।

तपाईको प्रतिक्रिया