१५ औँ महाधिवेशनमा कांग्रेस सभापतिका लागि प्रतिस्पर्धामा उत्रिने चन्द्र भण्डारी

काठमाडौँ,।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा सार्वजनिक गरेका हुन्।

भण्डारीले देश र नागरिकको हित, प्रजातान्त्रिक मूल्य–मान्यता तथा संगठनको आवश्यकताअनुसार आफू अगाडि बढ्न तयार रहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रतिको मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि तय छ। तर देश, जनता, प्रजातन्त्र र संगठनको आवश्यकता ज जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यसरी नै अघि बढ्न तयार छु।”

उनी लेख्छन्, “साथीहरूको सुझाव, समयको माग र राजनीतिक परिवेशलाई सम्मान गर्दै कदम चाल्नु आवश्यक छ।”

यसअघि कांग्रेसका महामन्त्री गगन थापाले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया