हनी ट्र्यापको संलग्नता आरोपमा एक युवती पक्राउ

काठमाडौं — एक युवतीलाई हनी ट्र्यापको संलग्नता आरोपमा पक्राउ गरिएको छ। चितवन रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो काठमाडौंमा पक्राउ गरिएको हो।

अस्मिताले एक इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिसँग राइस कुकर बनाउने बहानामा बारम्बार सम्पर्क गरी रकम मागेपछि, रकम नदिएमा जबर्जस्ती करणीको मुद्दामा फसाउने धम्की दिइरहेको आरोप छ। उनले पीडितलाई डर र धाक धम्की देखाउँदै १० लाख रुपैयाँ असुल्ने सहमति गरेकी थिइन्, जसमा तीन लाख रुपैयाँ पहिले नै असुलिसकेको जानकारी प्रहरीले दिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ कुलेश्वरबाट पक्राउ गरेको हो। अब अस्मितामाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया