स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्न, ४ जना नेता घाइते

काठमाडौँ । पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका चार जना नेता घाइते भएका छन्।

स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्न भएपछि नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता बीच झडप भएको थियो। यस झडपमा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् भने राजीव अधिकारी र समिक राई लगायत अन्य नेताहरू पनि घाइते भएका छन्।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले फर्जी मतदाताहरूलाई मतदान गराउने प्रयासको विरोध गर्दा नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन्। उनले फर्जी मतदाताहरू सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने माग गरेका छन्। उनले भने, “गुण्डागर्दी बन्द नगरे अनेरास्ववियु कडा प्रतिवादमा उत्रिनेछ।”

पाटन क्याम्पसमा विवाद उठेपछि १०० जनाले मतदान गरेको विषयमा विवाद भएको थियो र त्यसपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।

त्यसपछि विवाद समाधानका लागि सर्वपक्षीय छलफल गरिएको थियो, तर छलफलबाट कुनै निष्कर्षमा पुग्न सकिएको थिएन। पाटनमा अहिले निर्वाचन प्रक्रिया स्थगित भएको छ।

तपाईको प्रतिक्रिया