स्पिनर रचना चौधरीले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गर्दै पहिलो विकेट लिइन्

नेपाली महिला क्रिकेट टोलीमा यू-१९ स्पिनर रचना चौधरीले आफ्नो डेब्यू गरेको छ। कीर्तिपुरको त्रिवि मैदानमा चलिरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजमा मंगलबार थाइल्यान्डविरुद्धको खेलमा उनले डेब्यू गरेकी हुन्।

रचना चौधरी हालै आइसिसी यू-१९ विश्वकपमा खेली फर्केकी थिइन्। उनले विश्वकपमा स्कटल्यान्डविरुद्ध २ र बंगलादेशविरुद्ध १ विकेट लिएका थिए। घरेलु क्रिकेटमा उनी गण्डकी प्रदेशबाट खेल्छिन्।

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले रचनालाई डेब्यू क्याप प्रदान गरेका थिए।

थाइल्यान्डविरुद्धको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै थिए, रचना चौधरीले पहिलो तीन ओभरमा ११ रन दिएर १ विकेट लिइन्।

यो सिरिजमा चार खेलाडीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका छन्। यसअघि आइतबार रेवती धामीले, र नेदरल्यान्ड्सविरुद्धको खेलमा विकेटकिपर अलिसाकुमारी यादव र मनिषा उपाध्यायले पनि डेब्यू गरेका थिए।

तपाईको प्रतिक्रिया