स्थानीय बजारमा सुनको मूल्यमा गिरावट, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने सानो वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य, डलर विनिमय दर र माग–आपूर्ति अनुसार दैनिक रुपमा निर्धारण गरिन्छ।

तपाईको प्रतिक्रिया