सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि

काठमाडौं — साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ।

समग्रमा ३३५ वटा स्क्रिप्सका १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँमा कारोबार भएका छन्। उच्च नेप्से अंकसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। आइतबार कारोबार रकम ५ अर्ब १ करोड रुपैयाँ थियो।

सो दिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा पुगेको छ। सागर डिस्टिलरी, एसवाइ प्यानल, श्रीनगर एग्रिटेक, बन्दिपुर केवलकार र रुरु जलविद्युत परियोजनाका सेयर १० प्रतिशतले बढेका हुन्।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीका ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बन्दिपुर केवल कारले २० करोड, एसवाइ प्यानल नेपालले १७ करोड, श्रीनगर एग्रिटेकले १६ करोड र सागर डिस्टिलरीले १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे।

समग्र बजारमा २१४ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटा घटेको छ। ८ वटा स्टक्सको मूल्य स्थिर रह्यो। सबै १३ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्।

मनु एण्ड प्रो समूहको उपसूचक ३ प्रतिशतले बढेको छ। डेभलपमेन्ट बैंक र होटल्स एण्ड टुरिजम समूहको २ प्रतिशत वृद्धि हुँदा हाइड्रोपावर र इन्भेस्टमेन्ट समूहका सेयर १–१ प्रतिशतले बढेका छन्।

तपाईको प्रतिक्रिया