सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक पदक जितेको छ ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले जितेसँगै जारी सागमा नेपालले दोस्रो स्वर्ण पदक जितेको छ ।

पहिलो स्वर्ण सोमबारनै काठमाडौंमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदक जितेको छ ।

खेलको समयबारे अफिसियल घोषणा हुन बाँकी छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

तपाईको प्रतिक्रिया