सेयर बजार २१.४८ अंकले ओरालो, कारोबार पाँच अर्ब नाघ्यो


काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै २१.४८ अंकले ओरालो लागेको छ। नेप्से सूचक २६०९.६९ बिन्दुमा आएर बन्द भएको हो।

आइतबार ३२५ कम्पनीको सेयर कारोबार हुँदा ४६ कम्पनीको मूल्य बढ्यो, २०४ कम्पनीमा गिरावट आयो र आठ कम्पनीको मूल्य स्थिर रह्यो।

नेपाल स्टक एक्सचेन्जका अनुसार एक करोड ७ लाख १८ हजार कित्ता सेयर ८९ हजारभन्दा बढी कारोबारमार्फत किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीका सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सबै १३ समूहका सूचक राताम्मे बन्द भएका छन्, जसमा व्यापार समूह सबैभन्दा बढी १.२१ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया