सेयर बजार १९ अंकले उकालो, बैंकिङ समूहमा उत्साह

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक १९.१४ अंकले वृद्धि भई २,६८८.९१ मा पुगेको छ। आजको दिन ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

बजारमा आज १०४ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १४२ कम्पनीको मूल्य घटेको छ। १ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकहरूमा सबैभन्दा बढी बैंकिङ समूहमा सुधार देखिएको छ। यस समूहको सूचक ३.९४ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २.६१ प्रतिशत, म्युचुअल फन्ड ०.१७ प्रतिशत, र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले उकालो लागेका छन्। तर, होटल तथा पर्यटन समूहमा २.७८ प्रतिशतले गिरावट आएको छ।

आजको बजारमा मेगा फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले मूल्य उच्चतम सीमामा पुर्‍याएको हो। उता, वाराही हाइड्रोपावरमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबारको हिसाबले आज ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जहाँ सेयर संख्या र कारोबार रकम दुवै उच्च देखिएको छ।

बुधबारको तुलनामा आज कारोबार रकममा केही कमी आए पनि, समग्र सूचक र विशेष गरी ठूला कम्पनीहरूको सूचक (सेंसिटिभ इन्डेक्स) मा उल्लेखनीय वृद्धि देखिएको छ।

तपाईको प्रतिक्रिया