फेरि घट्यो नेप्से, १२ अंकको गिरावटसँगै ११ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ — सेयर बजारमा बुधबार पुनः गिरावट आएको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन बजारमा देखिएको सुधारपछि फेरि गिरावट देखिएको हो। सोमबार नेप्से १.०३ अंकले र मंगलबार ६२.२५ अंकले बढेको थियो।

आजको कारोबारी दिनमा नेप्से शून्य दशमलव ४५ प्रतिशतले घटेको हो। बजारमा १ लाख ३ हजार ३१९ पटकको कारोबारबाट कुल ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भए, जसबाट कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा आज ९६ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ। यद्यपि, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ र ती कम्पनीहरूमा सकिर्ट ब्रेक लागेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सानीमा माई हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, राधी विद्युत् कम्पनी र अपि पावर कम्पनी अग्रस्थानमा रहेका छन्।

बजारको हालको उतारचढावलाई विश्लेषकहरूले राजनीतिक अन्योल र गभर्नर नियुक्ति प्रक्रियाको ढिलाइसँग जोडेर हेरेका छन्। यद्यपि कारोबार रकम उच्च रहनुले लगानीकर्ताको सहभागिता भने कायम रहेको संकेत देखिन्छ।

तपाईको प्रतिक्रिया