सूर्यविनायकमा ५० हजार क्षमताको नयाँ रंगशाला निर्माणको तयारी ?

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला निर्माणसम्बन्धी छलफल गरेका छन्। आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिहरू सहभागी थिए।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रंगशाला स्थान सानो भएकाले वैकल्पिक रूपमा ठूलो रंगशालाको आवश्यकता औँल्याउँदै आवश्यक जग्गा र पूर्वाधारको व्यवस्था गर्न सुझाव दिए।

यस अवसरमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरको वडा नं ८, जगातेस्थित पूर्व इँट्टा टायल कारखानाको करिब २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने जानकारी दिएका थिए। साथै, जग्गा व्यवस्थापनको प्रक्रिया छिटो अगाडि बढाइने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री ओलीले उक्त स्थानमा कम्तीमा ५० हजार दर्शक अट्ने क्षमताको आधुनिक र सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने योजना रहेको बताए।

तपाईको प्रतिक्रिया